बलात्कार आरोपमा गाउँपालिकाका प्रशासकीय अधिकृत उपाध्याय पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७७, सोमबार ०४:५६

धनगढी । बलात्कारको अभियोगमा कैलालीमा एकजना गाउँपालिकाका प्रशासकीय अधिकृत पक्राउ परेका छन् ।कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासकीय अधिकृत भानुभक्त उपाध्याय बलात्कारको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई २४ वर्षीय महिला कर्मचारीलाई नै बलात्कार गरेको आरोप छ । ती महिलाको उजुरीको आअधारमा इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको डीएसपी प्रतिक विष्टले जानकारी दिए ।

उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको डीएसपी विष्टले बताए । उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१