आइपिएल क्रिकेट : सुपर ओभरमा पञ्जाबविरुद्ध दिल्लीको जित !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७७, सोमबार ०४:५१

एजेन्सी। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा दिल्लीका लागि कगिसो रबाडाले बलिङ गर्दा केएल राहुल र निकोलस पुरन ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा क्याचआउट भए । त्यसपछि अर्को बलमा नै रबाडाले पुरनलाई बोल्ड गरे ।

जम्मा ३ रनको लक्ष्य पाएको दिल्लीले दिल्लीले ऋषभ पन्त र श्रेयस ऐयरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखेपनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोड्दै दिल्लीलाई विजयी सुरुवात दिलाए ।

त्यसअघि जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीले आफ्नो जित सुनिश्चित गर्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१