संविधान दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११  ले झण्डा पार्कमा यसरि फराइयो राष्ट्रिय झण्डा ( फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७७, आईतवार ०५:२५

काठमाण्डौ । संविधान दिवस २०७७ को अवसर पारेर बुढानिलकण्ठ नगरपालिका वडा नं ११  ले जगडोल झण्डा पार्कको झन्डा फेरेको  छ ।

वडा नं ११का वडा अध्यक्ष राजु अधिकारीको उपस्थितमा  झण्डा फेरिएको हो। कार्यक्रममा वडाका सबै जनप्रतिनिधि स्थानीय गरि २०० जनाको उपस्थिति रहेको थियो। काठमाडौको बूढानिकण्ठ नगरपालिका र गोकर्णेश्वोर नगरपालिकाको सिमानामा पर्ने जगडोलमा फहरिएको नेपालको राष्ट्रिय झण्डा। पछिलो समय जगडोल झण्डा पार्क भनेर परिचित हुदै गएको छ ।

तीन वर्ष अघि राष्टिय गानका रचयिता ब्याकुल माइलाको प्रमुख आथित्य तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सहितको उपस्थितिमा झण्डा पार्क उद्घाटन गरिएको थियो ।  प्रातकालिन तथा सन्ध्याकालीन भ्रमण गर्नेहरुको रोजाईको केन्द्रकाका रुपमा रहेको सो स्थान बाट सुर्यदय र सुर्यास्तको मनोरम दृश्यको साथै काडमाडौं उपत्यकाका अधिकांश स्थानहरु सजिलै नियाल्न सकिन्छ।  उपत्यका बाट नजिक रहेको सो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१