चीनमा फैलियो नयाँ रोगको संक्रमण : ३,२४५ संक्रमित, २१ हजार भन्दा धेरैको परीक्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७७, आईतवार ०४:५८

एजेन्सी । कोरोना महामारी जारी रहेकै अवस्थामा चीनमा नयाँ रोग फैलिएको छ । अहिलेसम्म यो रोगबाट ३ हजार २ सय ४५ जना संक्रमित भएका छन् । उत्तर पश्चिम चीनको गान्सु प्रान्तको लान्झोउमा नयाँ संक्रमण फेला परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लान्झोउ भेटेरीनरी तथा अनुसन्धान केन्द्रले डिसेम्बरमा यो रोगको एन्टिबडी मिलेको खबर चीन सरकारलाई दिएको थियो ।

गान्सु प्रान्तमा अहिलेसम्म २१ हजार ८ सय ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये ४ हजार ६ सय ४६ जनामा यो रोगको प्रारम्भिक चरणको संक्रमण भएको पाइएको छ । त्यहाँ ३ हजार २ सय ४५ जनामा यसको पूर्ण संक्रमण देखिएको छ । गान्सु प्रोभेन्सियल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यो रोगको नाम ब्रुसेलोसिस रहेको जनाएको छ ।

ग्लोबल टाइम्सको अनलाइन संस्करणका अनुसार ब्रुसेलोसिसको अध्ययनका लागि लान्झोउ भेटेरिनरी रिसर्च इन्स्टिच्युटले देशका विभिन्न ११ सामुदायिक मेडिकल इन्स्टिच्युट र अस्पताललाई जिम्मेवारी दिएको छ । जहाँ संक्रमितको निशुल्क उपचार र परीक्षण हुनेछ भने सतर्कताका विषयमा पनि जानकारी दिइनेछ ।

आम नागरिकलाई रोगका विषयमा जानकारी दिनका लागि अनलाइन जनचेतना जगाउने खालका कार्यक्रमहरु पनि गरिएको छ । चिनियाँ सामाजिक सञ्जालमार्फत पनि यो रोगका विषयमा जानकारी दिइएको छ । संक्रमणको निरन्तर निगरानी गरिएको छ ।

ब्रुसेलोसिस ब्याक्टेरियाबाट हुने एक प्रकारको संक्रमण हो । सन् २०१९ को जुलाइमा त्यहाँको एउटा ल्याबमा ब्रुसेलाविरुद्धको भ्याक्सिन बनाउन आवश्यक सामग्री जम्मा गरिएको थियो । यो भेडा बाख्रामा लगाइने भ्याक्सिन हो । त्यहीँ भ्याक्सिन बनाउन राखिएको भण्डार कक्षबाट बाहिर निस्किएको ब्याक्टेरियाले स्थानीयमा संक्रमण फैलिएको थियो । अहिले यो संक्रमण त्यहाँ फैलिँदो क्रममा रहेको छ ।

यो घटनापछि लान्झोउको भ्याक्सिन बनाउने कम्पनी र अर्को एक सहायक कम्पनीको लाइसेन्स रद्द गरिएको छ । यो घटनापछि ८ जनालाई मानिसको ज्यान जोखिममा पारेको भन्दै चीनले सजाय दिएको छ ।

यो रोग लागेका व्यक्तिमा ज्वरो धेरै आउने, टाउको दुख्ने, बेचैनी हुनेलगायतका लक्षण देखिन्छन् । मानिसको अण्डकोषसमेत यसले खराम गर्छ । प्रजनन् क्षमतालाई नै नष्ट गर्ने भएकाले यो रोग निकै जटिल मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१