कोरोना संक्रमितको संख्या ६२,७९७ पुग्यो : पछिल्लो २४ घन्टामा १,२०४ जनामा संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७७, आईतवार ०४:४४

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किएका छन् भने ४ सय १ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१