कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको ज्यान गयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७७, बिहीबार ०५:४९

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ३९ जनासहित संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ३ सय ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१