काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ७३७ जनामा कोरोना संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७७, बिहीबार ०५:४६

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा ७ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ३९ जनासहित संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ३ सय ७९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१