लिमीमा पाँच महिनापछि इन्टरनेट सुचारु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७७, बुधबार ०५:५२

सिमकोट । बिग्रेको पाँच महिनापछि हिमाल पारिको गाउँ लिमी उपत्यकामा नेट चलेको छ । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका ६ को लिमीमा मर्मतपछि इन्टरनेट सेवा फेरि चलेको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले विस्तार गरेको इन्टरनेटमा आएको खराबीका कारण अवरुद्ध भएको नेट सेवा पाँच महिनापछि सञ्चालनाा आएको कम्पनीका हुम्ला प्रतिनिधि रामजन रावतले जानकारी दिए ।

इन्टरनेटको डिभाइसमा आएको खराबीले अवरुद्ध भएपछि आफूहरु सम्बन्धित क्षेत्रमा पुगेर मर्मत गरेपछि नेट चलेको उनको भनाइ थियो ।

नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवाले राम्रोसँग काम नगरेका अवस्थामा इन्टरनेट सेवा चले पनि चीनको सिमानासँग जोडिएका तीन गाउँ सञ्चार सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१