प्रदेश सुशासन सञ्चालन नियमावली स्वीकृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७७, बुधबार ०५:४९

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रदेश सुुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली २०७७ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

मुुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले मुुख्यमन्त्री कार्यालयबाट प्राप्त सो नियमावलीलाई स्वीकृत गर्ने निर्णय गरेको हो । यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट आएको विपद् व्यवस्थापनसम्बन्धी ऐनको मातहतमा रहेर मुुख्यमन्त्री अत्यावश्यक सेवा सञ्चालन केन्द्र सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७७ लाई स्वीकृत प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

प्रदेश सुुशासन व्यवस्थापन सञ्चालनसम्बन्धी ऐन गत वर्ष आएको मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१