उपत्यकामा पछिल्लो २४ घन्टामा ६७६ जनामा कोरोना भाइरसको संक्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७७, बुधबार ०५:२३

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार ४ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर फर्किएका छन् भने ३ सय ७१ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०