पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७७, आईतवार ०६:३४

कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प छ । तर, यो अवस्थामा म्युजिक भिडियोले भने राम्रो बजार लिइरहेको छ । धेरै जना चलचित्रका कलाकार म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

अभिनेत्री पूजा शर्मा पनि अहिले निरन्तर भिडियोमा काम गरिरहेकी छिन् । उनै पूजा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा पूजाले कलाकार राज कटुवालसँग स्क्रिन सेयर गरेकी छन् ।

सार्वजनिक गीतमा उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाको यो पहिलो गीत हो । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।

डान्सिङ शैलीको भिडियोमा कविराज गहतराजको करियोग्राफी तथा निर्देशन छ । सौरभ लामाले खिचेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१