काठमाडौं महानगरमा मात्रै झण्डै ५ हजार कोरोना संक्रमित : कुन वडामा कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७७, आईतवार ०५:४३

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या चार हजार ८ सय ८६ रहेको छ । हाल संक्रमित भएकामध्ये एक हजार २ सय ६२ जना निको भएका छन् भने तीन हजार १ सय ६८ जना उपचाररत रहेको कामपाले जनाएको छ ।

कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४ सय ७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५ सय २४ होम आइसोलेसनमा र एक हजार २ सय २७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५ सय २९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नम्बर १५ मा ४ सय ६९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी वडा १६ मा ३ सय ६६, वडा ३ मा ३ सय १५ जनामा संक्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी संक्रमित रहेका छन् । सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१