लिपिस्टिक दल्नुअघि पढ्नुस यी १० टिप्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७७, शनिबार ०५:३०

महिलाहरुको महत्वपूर्ण सौन्दर्य प्रशाधन सामग्रीमध्ये एउटा हो लिपिस्टिक । सबै मेकअप गरेर पनि लिपिस्टिक नलगाएमा महिला अधुरो देखिन्छन् ।

यसो हेर्दा लिपिस्टिक लगाउनु कुनै गाह्रो काम होइन । बच्चाले पनि घस्न सक्छन् । तर, ढंगले लगाउने हो भने धेरै कुराहरुमा विचार पुर्‍याउनुपर्छ । हामी लिपिस्टिक दल्दा ध्यान दिनुपर्ने केही कुराहरु यहाँ उल्लेख गर्दैछौं ।

१. लिपिस्टिकको छनोटका लागि सेड कार्ड्स त उपलब्ध छन्, तर सेड कार्ड्समा दिइएका रंग र लिपिस्टिकको असली रंगमा फरक हुन सक्छ । यस्तोमा लिपिस्टिक टेस्टर्सको प्रयोगले सही छनोट गर्न सहयोग गर्छ ।

२. लिपिस्टिकको छनोट गर्दा यो पनि ध्यानमा राख्नुपर्छ दि दिउसो लिपिस्टिकको जुन सेड तपाईं लगाउनुहुन्छ, राति त्यो सुट नगर्न सक्छ ।

३. दिउसो मेट फिनिस र राति हाई ग्लास फिनिसवाला लिपिस्टिक राम्रो हुन्छ । दिउसो लाइट र रातमा डार्क कलर्स खुल्छ ।

४. लिप मेकअप सुरु गर्नुभन्दा अगाडि आई मेकअप पुरा गर्नुस । यसपछि पेट्रोलियम जेलीले ओंठमा जमेको ड्राई स्किनको पत्र निकाल्नुस । त्यसपछि हल्का लिप बाम लगाउनुस ।

५. त्यसपछि ओंठलाई परफेक्ट बेस दिनका लागि फाउन्डेसन अप्लाई गर्नुस ।

६. अब ओंठमा लिप लाइनर लगाउनुस । लिप लाइनर सँधै ओंठको आकारलाई ध्यानमा राखेर लगाउनुपर्छ । यदि तपाइंको ओठ मोटो छ भने लिप लाइनर ओंठको भित्रतर्फ लगाउनुस र ओठ पातलो छ भने लिप लाइनर बाहिरतर्फबाट लगाउनुस ।

७. लिपलाइनर लगाएपछि लिपिस्टिक अप्लाई गर्नुस । लिप लाइनर र लिपिस्टिकको कलरमा ज्यादा अन्तर हुनु हुँदैन । एक सेड हल्का वा डार्कसम्म चल्छ ।

८. लिपिस्टिक लगाएपछि त्यसलाई बिस्तारै बिस्तारै ब्लेन्ड गर्नुस । लिपिस्टिकको पहिलो कोट लगाएपछि टिस्यू पेपरर्लाइ ओंठको बीचमा दबाउनुस । यसबाट लिपिस्टिक फैलिदैन । त्यसपछि लिपिस्टिकको अर्को कोट लगाएर फाइनल टच दिनुस ।

९. यदि ग्लसी लुक चाहनुहुन्छ भने लिपिस्टिकपछि लिप ग्लस लगाउनुस ।

१०. लिपिस्टिकको सेड ओँठको सेपलाई ध्यानमा राखेर छनोट गर्नुस । यदि तपाईंको ओंठ मोटो छ भने डार्क लिपिस्टिक लगाउनुस । लाइट सेडले ओंठ झनै मोटो देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१