गायक राज खम्बु र गायिका सुजता वर्माको मुना’ बोलको गीत सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७७, शनिबार ०५:२४

गायक राज खम्बु र गायिका सुजता वर्माको स्वरमा ‘मुना’ बोलको गीत युट्यूबमा सार्वजनिक गरिएको छ । मिस्टर आरजेको संगीत र नवराज कलाउनीको शब्द संरचना रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुने, अभिनेत्री स्वस्तिमा खड्का र रियाशा दाहालले अभियन गरेका छन् । गायक खम्बु र गायिका वर्माका साथसाथै मिस्टर आरजेले पनि गीतमा स्वर दिएका छन् ।

अमेरिकामा रहँदै आएका गायक राज खम्बुले यस अघि कर्कले पात, यही त होला माया, हेरन कान्छी, चारै दिशा लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् । खम्बु अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा संक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१