खबरकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न महासंघको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७७, शनिबार ०४:५९

धनगढी।  नेपाल पत्रकार महासंघ कैलालीले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार समाचारको विषयमा आपत्ति जनाउँदै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्।

उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।

उक्त कार्यको महासंघले निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। उक्त घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एंव सिङ्गो पत्रकारिता क्षेत्रमाथिको आक्रमणको घटनाका रुपमा लिएको महासंघले जनाएको छ। ‘समाचारको विषयमा कुनै बिमती भए त्यसको समाधानका लागि कानुनी बाटो हुँदाहुँदै एकाएक सञ्चार गृहमा तथा पत्रकारमाथि आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकारले असुरक्षित महसुस गर्नुपरेको महासंघको बुझाइ छ’ महासंघका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ।

साथै महासंघले आत्रमणको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन र सञ्चारगृह तथा पत्रकारको भौतिक सुरक्षामा विशेष ध्यान दिन प्रशासनसँग माग गरेको छ।

शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले थुनुवा कक्षमा युवकको हत्या भएको आरोप लगाएका छन्।

उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०