अनलाईन कक्षाको शुल्क लिन पाउँछन् : शिक्षामन्त्री पोखरेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७७, शनिबार ०५:३८

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अनलाईनबाट कक्षा सञ्चालन गरेवापतको शुल्क लिने व्यवस्था मिलाउन स्थानीय निकायलाई आग्रह गर्नु भएको छ ।

मन्त्री पोखरेलले भर्खरै भर्चुअल बैठकमा सो निर्देशन दिनुभएको हो । उहाले भन्नुभयोः निजी लगानीका विद्यालयले न्युनतम सिकाइ सुनिश्चित गरेपछि शुल्क लिन पाउनुपर्छ । निजी विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरेर शुल्क लिए पछि स्थानीय तहको अधिकार खोस्दै शुल्क नलिन निर्देशन दिएको थियो ।

साढे चार महिना कक्षा नभएको अवस्थामा वैकल्पिक पद्धतीलाई मुल प्रवाहमा ल्याउन आग्रह गर्दै मन्त्री पोखरेलले केही सुमय यही माध्यमबाट पठन पाठन हुने बताउनुभएको छ । मन्त्री पोखरेलले सबै शिक्षकलाई विद्यालयमा जाने वातावरण बनाउन स्थानीय निकायलाई निर्देशन दिनुभएको छ । त्यस्तै टाढाबाट विद्यालय पुग्ने शिक्षकलाई कम्तिमा पनि १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाले ९० लाख विद्यार्थी परीक्षाबाट वञ्चित भएको बताउनुयो । उहाले सबै विद्यार्थीलाई घरमै बसेर पढ्ने वातावरण बनाउन पनि आग्रह गर्नुभएको छ । उहाले केही दिनमा सिकाइ सहजीकरण निर्देशिका तयार गरी सोही अनुसार पठन पाठनको व्यवस्था गरिने जानकारी दिनुभयो ।

मन्त्री परिषदको बैठक लगत्तै मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहजिकरण निर्देशिका जारी भएपछि सबै समस्या समाधान हुने बताउनुभयो । उहाले सबै विश्वविद्यालयलाई ६ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर तयार गर्न आग्रह गर्नुभयो । सबै विश्वविद्यालयलाई भनिसकेका छौ, सबैले केही दिनभित्र क्यालेण्डर सार्वजनिक गरेर कार्यान्वयन गर्नेछन् ।

उहाले अब सबै वालबालिकालाई वैकल्पिक माध्यमबाट पठन पाठन शुरु गराउन आग्रह गर्नुभयो । उहाले भन्नुभयोः अबयही पद्धती लागु हुन्छ सोही अनुसार पठाउने वातावरण बनाउनुपर्छ । उहाले कोभिड संक्रमण बढीरहेको अवस्थामा तत्काल शिक्षालय खोल्ने अवस्थान भएको बताउनुभयो । पत्रकार सम्मेलनमा शिक्षामन्त्रालयका प्रवक्ता दीपक शर्माले वैकल्पिक शिक्षाको बारेमा जानकारी दिनुभएको थियो ।

सम्बोधन

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभाव हाम्रो देशमा दिनदिनै वढीरहेकोे संकटपूर्ण अवस्थामा सामान्य जीवनका नियमित प्रक्रियाहरु अवरुद्ध भएका छन् । सबै क्षेत्रलाई प्रभावित पारेको यस महामारीले शिक्षा क्षेत्रलाई झनै प्रभावित बनाएको छ तसर्थ बालबालिकाको शिक्षा पाउने अधिकारको संरक्षण गर्नु आजको प्रमुख चुनौति बनेको छ । करिब नब्बे लाख विद्यार्थीहरु नियमित पठनपाठनबाट बञ्चित भएका छन् । पठनपाठन सुचारु हुन नसक्दा उनीहरुमा अन्योलता छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरुको चिन्ता बढ्दै गएको छ ।

शिक्षा क्षेत्रमा कोभिड १९ को महामारीले सिर्जना गरेको यो अभूतपूर्व संकटको सामना गर्न पुरानै सोच, शैली र पद्धतिबाट सम्भव छैन भन्ने हामीले बुझेका छौं । विद्यालयशिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठनको शुरुआत गरिसकिएको छ । शुरु गरिएको वैकल्पिक पद्धतिलाई सुदृढ पारेर सबै विद्यार्थीहरुलाई यो पद्धतिमा सहभागी गराउन थप प्रयत्नको आवश्यकता छ ।

वैकल्पिक शिक्षा पद्धति सम्बन्धमा केहि भ्रम रहेको पनि देखिएको छ । यदाकदा अन्लाईन वा भर्चुअल कक्षालाई नै वैकल्पिक शिक्षा पद्धतिको रुपमा बुझ्ने गरेको पनि देखिन्छ । हाम्रो जस्तो इन्टरनेटको सुविधा सीमित भएको मुलुकमा यो एउटा उपायमात्र हो जुन सीमित विद्यार्थीको लागि मात्र पहुँचमा हुन्छ । तसर्थ, अहिले हामीले अवलम्बन गरेको घर नै शिक्षालयवा घरमै सिकाइ रेडियो पाठशाला, टेभिजन शिक्षण र भर्चुअल कक्षा गरी चार वटै तरिकाहरुको समष्टि नै वैकल्पिक शिक्षा हो भन्ने बुझ्न जरुरी छ । अझ भन्ने हो भने होम स्कुलिङ र रेडियो पाठशाला जस्ता तरिकाहरु नै ग्रामिण तथा विकट क्षेत्रहरुमा उपयोगी हुन आउँछ । यिनीहरुले मुलुकभरका विद्यार्थीको ठूलो हिस्सालाई समेट्छ । चारवटै तरिकामा आधारित कार्यव्रmमहरुको समानान्तर रुपमा सञ्चालन गरेर सबैका लागि वैकल्पिक शिक्षा प्रदान गरी सिकाइको निरन्तरता गर्नु आजको मुख्य कार्यभार हो ।

यसकालागि सबैका लागि बैकल्पिकशिक्षा भन्ने नाराका साथसिकाइ निरन्तरताको अभियान नै चलाउनु पर्ने छ । शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रीको हैसियतले यस अभियानमा सरिक भई योगदानदिन सबैमा अनुरोध गर्दछु ।

विद्यार्थी विद्यालयजाने अवस्था नरहेको वर्तमान परिवेशमाशिक्षकविद्यार्थीसम्मपुग्नुको विकल्प छैन । घर नै शिक्षालयभन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्छ । विद्यार्थी भाइबहिनीहरुले घरमै बसेर पुस्तकअध्ययन गर्ने, शिक्षकले दिएका परियोजनाकार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्रीअध्ययन गर्ने, अनलाइनकक्षालिने मध्ये कुनकुनविकल्पअपनाउन सकिन्छ, सोहीविकल्पअपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ । यसलाई शिक्षक साथीहरुले टेलिफोनबाट नियमितअनुगमन र सिकाइ सहजीकरण गर्नुहुनेछ । टेलिफोनपनि सम्भव नभएका ठाउँमाभौतिक दुरी कायम गरी विद्यार्थीसँग भेटघाट गरेर गृहकार्य एवम् परियोजनाकार्य दिने, अध्ययनकालागि परामर्श गर्ने जस्ता कामहरु गर्नुशिक्षकको कर्तव्य भएको छ । यो संकटको घडीमा सबै शिक्षकहरुले यस अभियानको केन्द्र भागमा रहेर रचनात्मकतथासिर्जनात्मक ढंगले विद्यार्थीकोसिकाइकालागिअमूल्य योगदान गर्नुपर्छ । कुशल राष्ट्रसेवकको हैसियतले आफ्नो जिम्मेवारी थपकुशलतापूर्वक निर्वाह गर्न र चुनौतिलाई अवसरमा बदल्दै अघि बढ्न सम्पूर्ण शिक्षक साथीहरुलाई आग्रहगर्दछु ।

होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अन्लाइन् कक्षाआदिबैकल्पिक पद्धतिबाट सिकेकासिकाइलाई पनिमान्यतादिनत्यसको व्रmेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेकोले यो पद्धतिलाई अब कोभिड १९ को संव्रmमणका अवधिभर मूल प्रणालीको रुपमाविकास गर्न हामी सबै लागेका छौं । महामारीको अन्त्यपछि पनिवैकल्पिक पद्धतिलाई विद्यालयतथाविश्वविद्यालयशिक्षाको पूरक पद्धतिको रुपमाविकास गर्दै लैजानुपर्छ । विद्यालयतथाशिक्षालय अवरुद्ध भएपनिविद्यार्थीको सिकाइ अवरुद्ध कहिल्यै हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई अंगीकार गर्दै अघि बढ्दै जाने तथानियमित र वैकल्पिक पद्धतिलाई एक अर्काका परिपूरक बनाउँदै सिकाइ सुनिश्चित गर्नु नै अहिलेको सहीनिकास हो ।

महामारीका कारण घरमै बस्नबाध्यआफ्ना बालबालिकाहरुलाई नियमित पठनपाठनमा सरिक गराउनअभिभावकले भूमिका खेल्नुपर्छ । विहान सबेरै उठ्ने, नित्यकर्म एवम् सरसफाइ गर्ने, योग तथाव्यायाम गर्ने, पौष्टिक खानेकुरा खाने, मनोरञ्जन गर्ने जस्ता गतिविधिहरुमा संलग्न गराई स्वस्थ रहन सहयोग गर्नु अभिभावकको जिम्मेवारी हो । आफ्ना बालबालिकाहरुले पुस्तकतथाअन्यउपलब्ध पाठ्यसामग्री पढ्ने, रेडियो पाठशाला कार्यव्रmम सुन्ने, टेलिभिजन शिक्षण हेर्ने, गृहकार्य गर्ने, परियोजनाकार्य गर्ने, भर्चुअलकक्षालिने जस्ता व्रिmयाकलापमाकति सव्रिmय छन् र के कतिसिकेका छन् भन्ने कुरामाअभिभावकहरुले विशेष चासो दिनुपर्छ । अनलाइन् कक्षालिएको नाममा सामाजिक सञ्जालको अधिकप्रयोग गर्ने, अमर्यादित साइटहरु हेर्ने, साइबर अपराधजन्यगतिविधिमा अग्रसर हुने, अन्लाइन गेममाअधिकव्रmेजीहुने जस्ता गतिविधिहरुबाट जोगाउनउत्तीकै आवश्यक छ । आफ्ना बालबालिकाहरुलाई सिकाइकालागिउपयुक्तवातावरण निर्माण गर्न, आवश्यक साधन स्रोत जुटाइदिन, सिकाइको अनुमगमन गर्न, गलतव्रिmयाकलापमा लाग्नबाट रोक्न र मनोवैज्ञानिक विचलनआउननदिन सम्पूर्ण अभिभावकज्यूहरुमाहार्दिक अनुरोध गर्दछु ।
हाल सञ्चालित वैकल्पिकसिकाइकाविभिन्नमाध्यमभित्र समेटिन नसकेका विपन्न, अपाङ्गताभएका, दूर्गम क्षेत्रमाबसोवास गर्ने बालबालिकाको सिकाइ सुनिश्चित गर्न तीनै तहका सरकारले समन्वयात्मक रुपमाकार्य गर्ने गरी एक कार्ययोजनाको मातहतकार्यक्रम सञ्चालन गरिनेछ ।

विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिनाबितिसकेको अवस्थामाअहिलेको पाठ्यव्रmमलाई यथावत रुपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालयशिक्षाको पाठ्यव्रmमको संस्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय भइसकेको छ । हाललाई अत्यावश्यकविषयवस्तु समेट्ने गरी पाठ्यव्रmमको संस्लेषित कार्यढाँचा जारी गरिने छ । यसकालागिविषयगत टोलीहरुले कार्य प्रारम्भ गरिसकेका छन् । यहीभाद्र महिनाभित्रहामी संस्लेशित पाठ्यव्रmम विद्यालयहरुलाई उपलब्ध गराउने छौं ।

मैलेविश्वविद्यालयकाउपकुलपतिहरुलाई कम्तिमापनि ६ महिनाको कोभिड केन्द्रीतक्यालेण्डर सार्वजनिक गर्न निर्देशनदिईसकेको यहाँहरुलाई जानकारी नै छ । धेरै विश्वविद्यालयहरुले सोहीअनुसारको कार्यतालिकामन्त्रालयमा पठाईसकेका पनि छन् ।त्यसलाईविद्यार्थिका लागि सार्वजनिक गरिदिन सम्पूर्ण विश्वविद्यालयलाई पुन अनुरोध गर्दछु । साथै उच्चशिक्षाको हकमापनि पाठ्यव्रmम कस्टेमाइजेसन गर्न विश्वविद्यालयअनुदानआयोग र विश्वविद्यालयहरुले छलफल गरी उचित निर्णय लिनपनिआग्रहगर्दछु ।

सबैका लागि बैकल्पिकशिक्षाभन्ने अभियानलाई सफलपार्नका लागिविद्यार्थीले नियमित पठनपाठनमा लाग्नुपर्छ । शिक्षकले विद्यार्थीहरु को?कहाँ, कुनअवस्थामा छन् भन्ने कुराको ट्रेसिङ गरी वैकल्पिक पद्धतिमा सामेल गराउनुपर्छ । त्यसै गरी सिकाइको ट्र्याकिङ ९त्चबअपष्लन या ीभबचलष्लन० गर्नुपर्छ । स्थानीयतहले विद्यालयतथाशिक्षक परिचालन गरी सिकाइ केन्द्रहरुको समेत व्यवस्था गरी बैकल्पिकसिकाइकाकार्यव्रmमहरु सञ्चालन गर्नुपर्छ । सोको अनुगमनतथा निरीक्षण गरी प्रभावकारितामूल्यांकनगर्दै सुधारका उपायहरु अवलम्बन गर्नुपर्छ । निजीविद्यालयले सञ्चालन गरेको वैकल्पिकसिकाइकाकार्यव्रmमतथात्यस्ताविद्यालयकाशिक्षकतलबलगायतका समस्याहलहुने गरी शुल्कको सीमानिर्धाण गरी निजीविद्यालयमाअध्ययन गर्ने विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने व्यवस्थामिलाउन सबै स्थानीयतहहरुलाई आग्रहगर्दछु ।

शिक्षकहरुको स्वास्थ्यसुरक्षालाई ध्यानमा राखी सबै शिक्षकहरुको कोरोना बिमा गर्ने प्रव्रिmया अघि बढिसकेको छ । कार्यरत विद्यालय रहेको जिल्लाभन्दाबाहिरी जिल्लामा रहेका शिक्षकहरुलाई विद्यालयसम्मपुग्नकालागिजिल्लाप्रशासनकार्यालयहरुले सहजीकरण गर्नेछन् भने विद्यालय रहेको स्थानीयतहले त्यस्ताशिक्षकलाई १४ दिनसम्महोम क्वारेन्टिनमा राखीपिसिआर परीक्षणको व्यवस्थापनि गर्नुपर्छ ।

अन्तमा, यस विषम परिस्थितिमाविद्यार्थीहरुको पढ्न पाउने अधिकारको रक्षा गर्न र शैक्षिक सत्र खेर जाननदिनहामी सबै मिलेर काम गर्नु परेको छ । शिक्षाकर्मी, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुको साथ सहयोग र सहभागिताबाट नै हामी सफलतामापुग्न सक्छौं । तसर्थ, सबैले आआफ्नो ठाउँबाट योगदान गरौं । अहिलेको विषम परिस्थितिमा अवरुद्ध शिक्षा क्षेत्रलाई आइसब्रेक गरी वैकल्पिक पद्धतिलाई सिकाइको मूल पद्धतिको रुपमा स्थापित गरौं । विद्यालय र विश्वविद्यालयनखुले पनिशिक्षा सुचारु हुन्छ, सिकाइ निरन्तर चलिरहन्छ भन्ने मान्यतालाई साकार पारौं । सबै सचेत रहौं, सुरक्षित रहौं, सव्रिmयबनौं । सबै खालकाचुनौतिहरुलाई अवसरमा बदलौं ।
धन्यवाद ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१