खाद्यान्न र तरकारीजन्य व्यवसाय विहान ११ बजेसम्म खोल्न पाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७७, बिहीबार ०६:०७

काठमाडौं । काठमाडौंमा खाद्यान्न, दूध, तरकारी तथा माछा मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन् । थप सात दिनका लागि निषेधाज्ञा बढाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार यस्तो निर्णय गरेको हो ।

यस्तै पानी र व्यवास्थ्य सम्बन्धी व्यवसाय भने दिनभरि सञ्चालन गर्न पाइने छ । निर्माण समाग्री बोकेका सवारी साधनहरु स्वास्थ्य मापदण्ड पुरा गरेर दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न पाइने निषेधाज्ञा आदेशमा उल्लेख छ ।

शर्तसहित होम डेलिभरी र टेक-अवे सेवा

पीसीआर रिपोर्ट नेगेटिभ भएको र भेटेका मानिसको अभिलेख राख्ने गरी काठमाडौं उपत्यकामा होम डेलिभरी तथा टेकअवे सेवा पुनः सुरु हुने भएको छ । तर, त्यसका लागि सरकारले मापदण्ड जारी गर्ने र त्यसपछि मात्रै सेवा थाल्न पाइनेछ ।

पीसीआर रिपोर्ट नेगेटिभ भएका व्यक्तिबाट होम डेलिभरी र टेक-अवे सेवा सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धी सरकारी मापदण्ड पालना गर्नपर्ने र अनलाइनमार्फत मात्रै भुक्तानी दिनुपर्ने शर्त काठमाडौं प्रशासनले तोकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१