मलेसियाबाट फर्किए ४८९ नेपाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७७, सोमबार ०५:४०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४ सय ८९ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १ सय ५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १ सय ५६ यात्रु ल्याएको छ । मालिन्डो एयरले क्वालालम्पुरबाट १ सय ७३ नेपाली काठमाडौं ल्याएको छ । यस्तै श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।

सोमबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ । नेपाल एयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१