उद्योगमन्त्री भट्टले गरे तरकारी बजारको अनुमगन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७७, आईतवार ०६:०५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज काठमाडौंका तरकारी बजारको अनुमगन गरेका छन् ।बिहानै बल्खु, कालिमाटी लगायत क्षेत्रमा रहेको तरकारी बजारको अनुमगनमा मन्त्री निस्किएका हुन् । केही दिनदेखि तरकारी महंगो भएको र बजारमा कुनै पनि सुरक्षा सतर्कता अपनाएको नपाइएपछि मन्त्री भट्ट अनुमगनमा निस्किएका हुन् ।

मन्त्री भट्टले खाद्यान्न तथा तरकारीको मूल्य, व्यस्त र भिडभाड बजारबाट हुने कोरोना जोखिम, व्यवसायी र उपभोक्ताले अपनाएको सुरक्षाका सामान्य मापदण्डसम्बन्धि अनुगमन पुगेको स्वकीय सचिव हितेश ओझाले जानकारी दिएका छन् ।

मन्त्री भट्टले सुरक्षा मापदण्ड अपनाउन र आपूर्ति व्यवस्थापनमा ध्यान दिन व्यवसायीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१