राजधानीमा निषेधाज्ञा थप सात दिन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७७, बुधबार ०५:५९

काठमाडौं । राजधानीमा भोलिसम्मका लागि लगाइएको निषेधाज्ञा अरु सात दिन थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो । बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णयको सिफारिस गृह मन्त्रालयमा पठाएको छ ।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः काठमाडौंका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायण भट्टसहित सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरू उक्त बैठकमा सहभागी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०