हिजोका र आजका कम्युनिष्टहरुमा धेरै भिन्नता भयो : खड्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७७, मंगलवार ०७:१५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष एवं समाजसेवी, टिकाराम खड्का संग समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर राष्ट्रिय खबर का लागि ५ नम्बर ब्युरो चिफ बिष्णु कुमार देवकोटाले गरेको कुराकानी ।

स्वागत छ यहा“लाई, राष्ट्रिय खबरमा ?
धन्यवाद ।
तपाईको व्यस्तता आजभोलि केमा रहेको छ ?
कोभिड–१९ का कारण महत्वपूर्ण काम बाहेक अन्य काम कम भएका छन् । अहिलेको सिजन चाडपर्वको रहेकाले घरपरिवार संग चाडपर्वमै व्यस्त भएको छु । पार्टीको आन्तरिक बैठक,भेला र अन्तरक्रियामा पनि व्यस्त रहने गरेको छु साथै सामाजिक कार्यमा पनि व्यस्त छु ।
लकडाउनको प्रभाव तपाइलाई कस्तो प¥यो ?
विश्वव्यापी महामारी एवम् संकटको रुपमा देखा परेको कोरोना भाइरसका कारण मानवजातीको अस्तित्व नै संकटमा परेको छ । विश्व जगत नै कोरोना बाट त्राहीत्राही बनीरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन् । दिनप्रतिदिन कोरोनाको संक्रमण बढ्दो क्रममा छ र यो समुदायमा फैलिरहेको छ, यसले भोलि भयावह रुप लिनसक्ने संकेत गरेको छ । यसबाट सचेत हुन जरुरी छ । नेपाल सरकारले आफ्ना नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै देशव्यापीरुपमा लकडाउन ग¥यो । प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा लकडाउनको असर आमनागरिकलाई पर्न गयो । गरिब, विपन्न परिवारलाई लकडाउन श्राप नै बन्यो । लकडाउन बाट धेरै कुराहरु सिक्ने अवसर प्राप्त भयो । लकडाउनको समयमा आमनागरिकले कृषि पेशामा जुन रुचि देखाए त्यो स्रहानीय छ । कृषि पेशामा युवायुवतीलाई आकर्षित गर्ने कार्यक्रम सरकारले ल्याउनु प¥थ्यो तर आएन । वैदेशीक रोजगारबाट फर्किएका युवायुवतीहरुलाई कृषि पेशामा आबद्ध बनाउनु सरकारको दायित्व हुँदाहुँदै पनि सरकारले त्यो कार्यक्रम ल्याउन सकेन । देशभित्र रहेका आमनागरिकको दैनिकी सहज बन्न अझै समय लाग्ने देखिन्छ यो समयमा सरकारले अभिभावक बनेर आमनागरिकको सुखदुखमा साथ दिनेछ भन्नेमा हामी ढुक्क छौं । लकडाउनको अवधिमा धेरै अवसर र चूनौतीहरु आए चूनौतीलाई चिर्दै अवसरको सदुपयोग गरियो ।
नेकपा दाङको सांगठनीक अवस्था कस्तो छ ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको सांगठनीक अवस्था एकदमै राम्रो छ । दाङ जिल्लामा ३० हजार माथि संगठीत सदस्य रहेका छन् । नेकपाप्रती जनताको आकर्षण दिनप्रतिदिन बढ्दो छ । समृद्ध दाङको सपना नेकपाले नै पुरा गर्छ भन्नेमा दङ्गाली विश्वस्त रहेको हाम्रो बुझाई छ ।
दाङ जिल्लामा कम्युनिष्ट पार्टीको संगठन तयार गर्दा के कस्ता चुनौतीहरुको सामना गर्नु प¥यो ?
विभिन्न चुनौतीहरुको सामना गर्दै दाङ जिल्लामा कम्युनिष्टको संगठन तयार भएको सर्वविदितै छ । पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गर्नु चानचुने कुरा थिएन । पञ्चायती व्यवस्थाका विरुद्ध पर्चा, पम्प्लेट छाप्ने, गाउँटोल वस्तीमा कम्युनिष्टको विचारलाई पु¥याउन सहज थिएन तर पनि हामीले ठूलै आँट र संघर्ष गरी दाङमा कम्युनिष्टको संगठन तयार गरेका हौं । तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गरेका हामीहरुलाई जतिबेला पनि सरकारले गिरफ्तार गर्न सक्थ्यो र सर्वश्वहरण पनि हुन सक्थ्यो । दङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा शिवराज गौतम, नेत्रलाल अभागी, असोक चौधरी, नारायण प्रसाद शर्मा, मेघबहादुर बिसी, छबिलाल वली लगायतका नेताहरुले गरेको संगठनको फल अहिले दङ्गाली भूमिमा देखिएको छ । तत्कालीन शासकहरुका आँखा छल्दै दाङमा कम्युनिष्टको संगठन निर्माणमा लागेका नेताहरुको योगदानलाई पार्टीले मूल्याङ्कन गर्दै विभिन्न अवसर प्रदान गरेको सर्वविदितै छ । हिजो हामीले निरन्तर गरेको संघर्षका कारण आज दाङ कम्युनिष्टमय बनेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकीकरण हुनु राम्रो पक्ष हो ?
साविक नेकपा एमाले र साविक माओवादी केन्द्रबिच पार्टी एकीकारण हुनु समयको माग थियो र यो एकदमै राम्रो र सकारात्मक पक्ष हो । देशमा छिन्नभिन्न अवस्थामा रहेका कम्युनिष्टहरु एकै थलोमा आउनु राम्रो पक्ष हो । देशको समृद्धि र विकासका लागि अब सम्पूर्ण कम्युनिष्ट एक हुन जरुरी छ ।
साविक एमाले कार्यकर्ता र साविक माओवादी केन्द्रका कार्यकर्ताबिच भावनात्मक रुपमा एकता भएको छ त ?
पार्टी एकीकरण पश्चात बनेको नेकपामा साविक एमाले र साविक माओवादी केन्द्र भन्ने कुरै आउँदैन हामी सबै नेकपाका कार्यकर्ता भईसकेका छौं । साविक एमालेको पृष्ठभूमी र तत्कालीन माओवादी केन्द्रको पृष्ठभूमी फरक–फरक थियो । फरक–फरक पृष्ठभूमीबाट आएका कार्यकर्ताहरुबिच भावनात्मक रुपमा एकता हुन पक्कै समय लाग्छ । अब हामी एकै घरका परिवार भइसकेका छौं । हामी बिच मत विन्नता छ जस्तो मलाई लाग्दैन । आ–आफ्ना गल्ती कमीकमजोरीहरुलाई विर्सिएर नेकपा पार्टी हितको निम्ति भावनात्मक एकता हुनेमा हामी ढुक्क छौं ।
हिजोका र आजका कम्युनिष्टहरुमा धेरै भिन्नता भयो कार्यकर्तामा सैद्धान्तीक बिचलन आयो भन्ने सुनिन्छ बास्तविकता के हो ?
हिजो र आज फरक छ । हिजो हामी भूमीगतरुपमा संगठन तयार गर्दै तत्कालिन राज्य व्यवस्थाका विरुद्ध संघर्ष ग¥थ्यौं भने आज मुलुकको आर्थिक समृद्धिका लागि संघर्ष गरिरहेका छौं । समय परिवर्तनशिल हुन्छ परिवर्तनलाई अंगीकार गर्दै हामी अघि बढीरहेको छौं ।
स्थानीय सरकारमा कम्युनिष्टहरुको बोलबाला हु“दाहु“दै पनि किन जनपक्षीय काम हुन सकेको छैन ?
ऐतीहासिक २०६२÷०६३ को जनआन्दोलनले मुलुकमा राजनीतिक परिवर्तन भयो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । लामो समय स्थानीय निकाय जनप्रतिनिधि विहिन थियो । लामो समय पछि आएका जनप्रतिनिधिहरु अलि अलमल परेको भान नागरिकले गरेकै हुन् तर जनप्रतिनिधिले जनपक्षीय काम गर्नमा कुनै कसर बाँकी छोडेका छन् जस्तो मलाई लाग्दैन । संघीयताको अभ्यास हामीहरुमा नभएकाले काममा ढिला सुस्ति भएको अवश्य हो त्यो विस्तारै सहज हुन्छ भन्ने मेरो बुझाई छ ।
जनभावना विपरित स्थानीय सरकारले कर बढाउनु जायज हो ?
कर तिर्नु सचेत नागरिकको दायित्व हो तर आफुले तिरेको कर सही ठाउँमा सदुपयोग भएको छ छैन त्यो मुख्य विषय हो । स्थानीय सरकारले बढाएको कर कुन ठाउँमा र के काममा लागि खर्च ग¥यो त्यो विषयमा स्थानीय सरकारका जनप्रतिनिधिहरुले जनतालाई बुझाउन जरुरी छ ।
सरकारले किसानका समस्या समाधान गर्न नसक्नुका पछाडि के कारण छन् ?
सरकार किसानका समस्या समाधान गर्न लागि परेको छ । कृषिमन्त्रालयमार्फत किसानका हकहितका पक्षमा कार्यक्रम ल्याइरहेको छ । कृषिको पकेट क्षेत्र निर्धारण गरी बजेट विनियोजन गरिरहेको छ । सिंचाईको लागि पक्कि नहर र बाँध निर्माणमा लागेको छ । सर्वसुलभ तरिकाबाट किसानलाई मल, बिउविजन किट्नाशक औषधि उपलब्ध गराउनका लागि सरकार लागेको छ तरपनि बर्षेनी किसानहरुलाई वर्षायाम सुरु भए लगत्तै मलको आवश्कता पर्छ । मल सरकारले समयमै पु¥याउन सकिरहेको अवस्था छैन यस विषयमा सरकार गम्भिर हुन जरुरी छ । छिट्टै सरकारले किसानको समस्या समाधान गर्नेछ भन्नेमा हामी आशावादी छौं ।
विकास निर्माणका काम अलपत्र पर्नुका पछाडि के कारण हुन सक्छन् ?
तपाइले गरेको प्रश्न अनुसार विकास निर्माणका काम अलपत्र परेका छैनन् निरन्तरतामा रहेका छन् । दाङ जिल्लाकै विकास निर्माण का कामहरुलाई नियालेर हेर्नेहो भने एकाध घटना बाहेक अरु कामहरु निरन्तर भइरहेका छन् । घोराही, तुलसीपुर सडक फोरलेन हुँदैछ, सेवारखोला र हापुरखोलामा पूलको डिपिआर भएको छ , दाङलाई मेघासिटी बनाउने योजना छ, तुलसीपुरमा पाईलट कलेज सञ्चालन गर्ने योजना छ, अन्तराष्ट्रिय विमानस्थल बन्ने क्रममा छ । ठूलो प्रोजेक्टका विकास निर्माणका कामहरु सम्पन्न हुँदा समय त लाग्छ, त्यसलाई अलपत्र भयो भन्न मिल्दैन । एकाध ठेकेदारहरुले समयमा काम सम्पन्न नगर्नाले विकास निर्माणको काम अलपत्र परेको जस्तो देखिएको मात्र हो तर विकास निर्माण काम कँहिकतै अलपत्र परेका छैनन् निरन्तरतामा रहेका छन् ।
नेकपा भित्रको विवाद केका लागि हुन सक्छ ?
पार्टीभित्र विवाद हुनु र समाधान गरिनु स्वभाविकै पक्ष हो । नेकपा भित्र अहिलेको विवादको मुल जड भनेको कार्यशैलिको विवाद हो, सैद्धान्तिक विवाद होइन । पार्टी र सत्ताबीचको विवाद नै नेकपाको मुल जड हो । अहिले नेकपाको वहुमतको सरकार छ । जनताले नेकपावाट धेरै आस गरेका छन् । नेकपाकै सरकारको पालामा समृद्ध नेपालको सपना साकार हुनेमा जनता विश्वस्त छन् यस्तो अवस्थामा पार्टीभित्र विवाद हुनु राम्रो पक्ष होइन । शिर्ष नेतृत्व तहले छलफलबाट विवादको अन्त्य गर्नुहुनेछ भन्नेमा आमकार्यकर्ता विश्वस्त छौं ।
यहा“ले सरकारको मुल्याङ्कन कसरी गर्नु भएको छ ?
लामो संघर्षपछि नेपाल कम्युनिष्ट पार्टीले बहुमतको सरकार बनाएको छ । जनचाहनाअनुसार सरकार अघि बढेको छ । सरकारले आर्थिक समृद्धिको कुरा अगाडी बढाएको छ, शान्ति र सुशासन कायम गरेको छ, भ्रष्टाचार शुन्यमा झार्ने लक्ष्य लिई अघि बढेको छ , ज्येष्ठ नागरिक, अपांग, असाहयलाई सम्मान गर्दै सामाजिक सुरक्षा भत्ता बृद्धि गरेको छ । समृद नेपाल निर्माण गर्ने दृढ लक्ष्यका साथ सरकार अघि बढेको छ, जनपक्षीय काम गर्न सरकार लागिपरेको छ, जनताको सुख दुखको साथी सरकार बनेको छ, अपराधीलाई दण्ड सजाय दिएको छ, विकास निर्माणलाई तीव्र रुपमा अघि बढाएको छ, विपन्न तथा अल्पसंख्यक परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । त्यसैले यही सरकारको पालामा देश समृद्धि हुने भन्नेमा हामी विश्वस्त छौं ।
तपाईका शुभेच्छुक तथा कार्यकर्ताहरुलाई केही भन्नु छ ?
विश्वव्यापी संकट एवम् महामारीको रुपमा देखा परेको नोवेल कोभिड–१९ कोरोना भाइरसका कारण आमनागरिकको जनजीवन प्रभावित बनेको छ । मानव अस्तित्वलाई नै संकटमा कोरोनाले पार्ने संकेत गरेको छ । विश्व जगत नै कोराना बाट त्राहीत्राही बनीरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन । अहिले कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा पनि बढीरहेको छ । समुदायमा कोरोना फैलिरहेको छ । सरकारले समुदाय स्तरमै कोरोना परिक्षण गर्न जरुरी देखिएको छ । जुन रफ्तारमा कोरोना संक्रमितको संख्या बढ्दैछ त्यसले भयावह रुप लिने संकेत गरेको छ । सरकरले आफ्ना नागरिकको स्वास्थ्यको ख्याल गर्दै परिक्षणको दायरा बढाउनु जरुरी छ । सनातन हिन्दूधर्मावलम्बीहरुको महानपर्व सबैको घरआँगनमा आइपुगेका छन् । नारीहरुको महानपर्व हरितालिका तीजले विदा लिएको छ यस पटकको हरितालिकाको तीजको अवसरमा नकतै नाचगान भयो नकतै दर खाने कार्यक्रम भयो । कोरोनाको त्रासकै कारण तीजपर्वमा कुनै रौनकता आएन् तरपनि यसले एउटा सन्देश प्रभाव ग¥यो, मानव स्वास्थ्य भन्दा ठूलो अरु कुनै रहेनछ त्यसैले सामाजिक दुरी कायम गर्दै कोरोना संग सतर्क रहँदै परिवारभित्र सिमिति रहि तीजपर्व सम्पन्न भयो । कोरोना बाट बचौं अनि बचाऔं, आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं, तन,मन, बचनले सामाजिक क्षेत्रमा क्रियाशिल रहौं, सहकार्य गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन,सुढृद बनाउने अभियानमा लागौं ।
अन्त्यमा …………………?
मलाई समसामियक राजनीतिक विषयमा मेरा विचारहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा तपाई लगायत यस राष्ट्रिय खबरडिजिटल पत्रिकालाई धन्यवाद !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१