तिज : स्वरूप एक रूप अनेक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७७, मंगलवार ०६:५७

हिक्मतजंग भण्डारी।  नेपाली महिलाहरूको महान चाड सामान्य नारी देखि महरानी हँुदै राष्ट्रपतीले समेत हर्षउल्लास को रूपमा मनाउँछन् । तिज केवल उपासनामा मात्रै सिमीत हँुदैन यसले एउटा विशेष सन्देश पनि दिन्छ । त्यो बुझ्नेहरूका लागि महान छ, बर्षभरी गरेका कामबाट हुने कमजोरी, सासुआमा बाट दिने दवाव, र यि सबैबाट भगवान शिव सँग प्रार्थना गरी त्यो पनि माईती घर स्वतन्त्र ठाउँ बाट मुक्त हुन निराहार व्रत बसि गर्ने कार्यले यती धेरै सन्तुष्टी हुन्छन् व्याख्या नै छैन ।
तिज पर्वलाई पश्चिमाहरूले कहिल्यै अनुभुती गर्नै पाउदैनन् । हरितालीका नामै गजब, किन भने पार्वती स्वयंले तत्कालिन अवस्थामा कठोर व्रत बसी शिवजी श्रीमान पाउँ भनी प्राप्त गरेको सस्मरणले आधुनिक यूग सम्म यसले समाजिक मान्यतालाई सार्थकता दिई राखेको छ । यो नै नेपाली हरूको लागि गौरवको विषय मान्नु पर्दछ । त्यसैले विविधतमा एकता हरेक नेपालीले उच्च महत्वका साथ लिई रहेको पाईन्छ ।
तिज पर्वलाई नेपाली समाजलाई एउटा नियम अर्थात अनुशासनमा राख्ने कडीको रूपमा पनि लिन सकिन्छ । तर समय परिस्थितीले पछिल्लो समयमा विकृती पनि भित्रदै गएको छ । फलस्वरूप पछिल्लो समय त पशुपति परिसरमा दोहोरी नै चल्न थाल्यो भजन, चुड्का, ठाडो भाका, काठे भाका लगायत केटाकेटीहरूको दोहोरीले कतै यो पर्व विकृती तर्फ त उन्मुख हँुदैन भन्ने विश्लेषकहरूको टिपणीले पनि स्थान पायो । तर पछिल्लो समय राजनीतिक पार्टीहरूले महिलाहरूलाई सन्देशमुलक नभै एक महिना अघि देखि पार्टी प्यालेस लाई प्रयोग गरी नकारात्मक रूपमा प्रयोग भयो, हालाकी नेतृत्व मुकदर्शकको रूपमा भए । यसलाई नजानिदो रूपमा राजनीतिक विसंगती नै भन्दा फरक नपर्ला । अझ पछिल्लो समय कम्यूनिस्टहरूको विगवीगी भयो र यस महान पर्वलाई सामन्ती प्रथाको रूपमा चित्रण गरे । यसले के प्रमाणीत हुन्छ भने धर्म संस्कृतीले अनुशानमा राखेको समाजलाई विखन्डनमा उन्मुख गरायो । हुनत साम्यवादीको धर्मप्रति हिजै देखि नजानिदो पारामा प्रहार थियो नै, अझ धर्मनिरपेक्षताले उनिहरूको असलीयत प्रष्ट्याई दिएको छ ।
आशा गरौं, भोलिका दिन धर्म, संस्कृती, परम्परा र पहिचान जोगाउनेहरू पनि छन् अर्थात सम्बर्धनबादी, जसले यो मुलुकको पहिचान जोगाउँदै सदियांै देखि चलि आएका रिती रिवाज जगेर्नाको खातिर आफुलाई उभ्याउनेछन् भन्ने आशा गर्न सकिन्छ । न धनी न गरीब, यस किसिमको परिपाटी जोगाउनै पर्छ, नत्र पश्चिमाहरूको चंगोलमा देश फस्ने अवश्यंभावी छ । धर्म संस्कृती सिध्याउदै मुलुक पश्चिमा राष्ट्रहरुको देखासेखी तर्फ उन्मुख हुँदै गएको पाईन्छ । त्यसैले बेलैमा सचेत रहौं, संसारमा नेपाल वाहेक अन्य कतै नभएको महिलाहरूको महान चाड तिज पर्वको संरक्षणमा हामी सबै सचेत हुन जरूरी छ । किनभने एक महिला जन्मदै देखि उनको रूप परिवर्तन हँुदै जान्छ । बालिका, वयस्क, छोरी, बुहारी, आमा, सासु, हजुरआमा अन्तत अलविदा । यो समयको परिवर्तनसँगै उनले हरेक परिस्थितीको सामना गरेकी हुन्छीन् । उनले सिकाउने परम्पराको रूपलाई जगेर्ना गर्नैपर्छ । परम्परागत मूल्य र मान्यतालाई स्थापीत गरौं यसैमा हामी सबैको कल्याण हुनेछ । हरीतालीका तिज को शुभकामना । शुभम् ।।
(लेखक ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१